कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा नजिक ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षाले सडकमा ठूलो ढुंगासहितको पहिरो खसेको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारुले जानकारी दिए ।

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरो सफा गर्न डोजर तयारी अवस्थामा राखिएको भए पनि वर्षा भइरहेकाले पन्छाउन नसकिएको उनले बताए ।

सडक अवरुद्ध भएपछि राजमार्गको रुपन्देहीतर्फबाट र पाल्पातर्फबाट गएका सवारी साधन बाटोमै अलपत्र परेका छन् । सिद्धार्थ राजमार्गको बर्तुङनजिकै सडक चौडा गरेको स्थानका साथै गौडेपुलनजिकै पनि पहिरो खसेको छ ।

त्यस्तै तानसेन–रिडी सडकको सम्मेबारीमा समेत पहिरो खसेको छ । प्रहरीका अनुसार वर्षा रोकिएपछि सडक खुलाइने छ । तानसेन–रामपुर सडक खण्डको निस्दी र पूर्वखोलाको सिमानामा पर्ने चापगैरामा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक खुलाउन प्रहरी चौकी जब्गादीबाट टोली खटिए पनि वर्षा नरोकिएकाले समस्या भएको छ ।

वर्षासँगै ग्रामीण सडकसमेत अवरुद्ध भएका छन् । वर्षा लागेपछि सडक चौडा गरिादा पहिरो खस्ने क्रम बढेको छ ।

प्रकाशित : असार १४, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?