कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाणिज्य बैंकका शाखा प्रबन्धक पक्राउ

रूपा गहतराज

नेपालगन्ज — बाँकेस्थित राष्ट्रिय वाणिज्य बैंक, त्रिभुवनचोक शाखाका प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका छन् । 

वाणिज्य बैंकका शाखा प्रबन्धक पक्राउ

सरकारी किर्ते छाप र नक्कली कागजपत्रका आधारमा सुनचाँदी व्यवसायीलाई १ करोड २५ लाख रुपैयाँ ऋण दिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । नेपालगन्जका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिदसहितका नक्कली कागजपत्रहरु बनाएर राष्ट्रिय वाणिज्य बैंक, नेपालगन्जको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैयाँ ऋण लिएका थिए । सोही घटनाको अनुसन्धान गरेको प्रहरीले बैंकका शाखा प्रबन्धक शाहीलाई पक्राउ गरेको हो ।

‘नक्कली कागजपत्रका आधारमा ऋण प्रवाह भएको देखियो ’ जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी तथा प्रवत्ता सुवास खड्काले भने, 'सरकारी छाप किर्तेको थप अनुसन्धानमा छौं,’ ऋण लिने जसगढ यसअघि जेठ २७ गते नै पक्राउ परिसकेका छन् । जसगढले नक्कली कागजपत्र र किर्ते छापका आधारमा २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख गरी १ करोड २५ लाख रकम निकालेका थिए ।

प्रहरीले अहिले शाहीलाई पक्राउ गरेर म्याद थपको प्रक्रिया अघि बढाइसकेको छ भने बैंकका अरु कर्मचारीसँग बयान लिइरहेको डिएसपी खड्काले बताए । प्रहरीले सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि बैंकिङ कसुरमा अनुसन्धान गर्ने जनाएको छ ।

प्रकाशित : असार १२, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?