पाल्पाका १६ जना संक्रमित निको भएर घर फर्किए

माधव अर्याल

पाल्पा — दिनहुँ संक्रमितको संख्या ह्वात्तै बढेको पाल्पामा कोरोना भाइरस निको भएर फर्कनेको पनि संख्था थपिएको छ । बिहीबार रम्भा गाउँपालिकाका आठ जना र रिब्दीकोट गाउँपालिकाका एक जना संक्रमित निको भएर फर्किएका छन् ।

पाल्पाका १६ जना संक्रमित निको भएर घर फर्किए

रम्भा गाउँपालिकाको हुँगीका आठ जनालाई गाउँपालिकाका विजय रानाभाटले लुम्बिनी मेडिकल कलेजबाट घर लगेका हुन् । संँगै आएका आठ जनामा भने पुनः पोजिटिभ नतिजा आएपछि आइसोलेसनमै रहेको रानाभाटले बताए । उनीहरुलाई एक पटक पीसीआर जाँच गरेर घर पठाइएको हो ।

कोरोनामुक्त भएर घर फर्केकाहरुलाई थप एक हप्ता घरमा सामाजिक दूरीसहित बस्ने गरी पठाएको लुम्बिनी मेडिकल कलेजका निर्देशक डा. राजु शाक्यले जानकारी दिए । घर फर्किनेहरुलाई कलेजका कार्यकारी अध्यक्ष गोपाल बहादुर पोखरेल, चिकित्सक, प्यारामेडिकल टिमले पुष्पगुच्छा दिएर बिदाई गरेका थिए । हुँगीका एक महिलासहित ७ पुरुष र ठिमुरेका एक पुरुष घर फर्केका हुन् ।

पाल्पामा यसअघि रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाका दुई, निस्दी सहलकोट, पूर्वखोला सिलुवा र गुल्मी रुरु गाउँपालिकाका पुरुष पनि कोरोनामुक्त भएर घर फर्किसकेका छन् । पाल्पामा ३ सय ६६ जना संक्रमित जिल्लाका विभिन्न आइसोलेसनमा छन् ।

प्रकाशित : असार १२, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?