कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्धिखर्क-गोरुसिंगे सडक चार दिनदेखि अवरुद्ध

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क–गोरुसिंगे सडकखण्डअन्तर्गत नरपानीस्थित खाँचीखोलामा गएको ठूलो पहिरो हटाउन नसक्दा चार दिनदेखि बाटो अवरुद्ध छ ।

सन्धिखर्क-गोरुसिंगे सडक चार दिनदेखि अवरुद्ध

दैनिक परिरहेको अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्न छाडेको छैन । पहिरो बगिरहँदा एक्स्काभेटरलाई पनि काम गर्न जोखिम रहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

‘निरन्तर पहिरो हटाउने प्रयास भैरहेको छ । घण्टौ लगाएर बाटोमा खसेको माटोढुंगा हटायो, पुन: पहिरो खसेर थुप्रिन्छ,’ उनले भने । मुख्य बाटो अवरुद्ध हुँदा अत्यावश्यक सवारी साधन ठप्प भएका छन् ।

वैकल्पिक सडकका रुपमा रहेको खाँचीखोला–खाँचीकोट–नरपानी बजारसम्म जोड्ने सडक पनि केही ठाउँमा भेलले खोलेर बिगारेको र सामान्य पहिरो गएको पौडेलले जानकारी दिए । यही सडकलाई मर्मत गरी तत्काल सुचारु गर्न पहल थालेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

प्रकाशित : असार ८, २०७७ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?