२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

२८ महिनाकी बालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ

काशीराम डाँगी

(रोल्पा) — रोल्पाको त्रिवेणी गाउँपालिकामा २८ महिनाकी बालिकामाथि करणी प्रयास गरेको अभियोगमा प्रहरीले एक जना पक्राउलाई पक्राउ गरेको छ ।

२८ महिनाकी बालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ

जेठ २९ गते घर छेउको आँगनमा खेलिरहेकी ती बालिकालाई ठूलोबुवा नाता पर्ने ३८ वर्षीय पुरुषले करणी प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पीडित परिवारद्वारा जेठ ३२ मा होलेरीस्थित इलाका प्रहरी चौकीमा जाहेरी दर्ता गर्दै हदैसम्मको कारबाही माग गरेको छ । आरोपीलाई प्रहरीले उजुरी लगत्तै पक्राउ गरेको थियो ।

आरोपीलाई प्रहरीले म्याद थपेर अनुसन्धान अगाडि बढाएको छ । करणी प्रयासको घटनापछि शारीरिक एवं स्वास्थ्य जाँचका लागि बालिकालाई लिबाङस्थित रोल्पा अस्पतालमा ल्याइएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

सुरुमा ती पुरुषले करणी प्रयास अस्वीकार गरेको प्रहरीले जनाएको छ । ‘तर पछि उनले दोष स्वीकार गरे,’अनुसन्धानमा संलग्न रोल्पा प्रहरीका एक अधिकृतले भने,‘उनले हामी सामु मैले गल्ती गरेँ, मबाट नराम्रो काम भयो, मैले पाप गरेँ भनेका छन् ।’

गाउँपालिकाको दुर्गम गाउँमा भएको उक्त घटनापछि उजुरी परेपछि कानुनी प्रक्रिया अघि बढाइएको घटनास्थल पुगेका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए । प्रहरी निरीक्षक चापागाईँले भने, ‘जबरजस्ती करणी प्रयासमा परेकी बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कुनै समस्या छैन ।’

प्रकाशित : असार ६, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?