२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

बर्दियामा क्वारेन्टाइनबाट घर फर्किएकै दिन एकको मृत्यु

ठाकुरसिंह थारु

बर्दिया — क्वारेन्टाइनबाट घर फिर्ता पठाइएका बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । उनलाई आरडीटी परीक्षणमा एन्टिबडी नेगेटिभ आएपछि बिहीबार घर पठाइएको थियो ।

घर फर्किएका उनलाई राति नै पेट दुख्न थालेपछि प्राथमिक स्वास्थ्य केन्द्र मगरागाडी पठाउन सुझाव दिइएको थियो । तर स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै बर्दिया जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । उनका अनुसार रातको समयमा स्वास्थ्य समस्या जटिल भएपछि परिवारका सदस्यले खबर गरेका थिए । ‘मगरागाडीमा पनि डाक्टर बस्नु हुन्छ । त्यहाँ लैजानुस् भनेका थियौँ । त्यहाँबाट गुलरियास्थित अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी आयो,’ उनले भने ।

गत जेठ २२ गते काठमाडौंबाट घर फर्किएका उनलाई वडा नम्बर–३ खुरखुरे बाल विकास केन्द्रको क्वारेन्टाइनमा राखिएको थियो । १४ दिनसम्म स्थानीय क्वारेन्टाइनमा बसेपछि बिहीबार आरडिटी परीक्षण गरिएको थियो । स्थानीय स्वास्थ्य चौकी प्रमुख दिल्ली चलाउनेले आरडीटी जाँचपछि घर फर्किएका व्यक्तिले रातिका समयमा श्वास लिन गाह्रो भइरहेको, टाउको र पेट दुखेको परिवारका सदस्यलाई जानकारी गराएको बताए । ‘स्वास्थ्यमा समस्या देखेपछि सिधै एम्बुलेन्समा राखेर बर्दिया अस्पताल पठाउँदा बाटोमै मृत्यु भयो,’ उनले भने । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको छ ।

प्रकाशित : असार ५, २०७७ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?