कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिनाउ खोलामा जिप खस्यो, ६ जना घाइते 

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा नजिकबाट तिनाउ खोलामा जिप खस्दा ६ जना घाइते भएका छन् ।

तिनाउ खोलामा जिप खस्यो, ६ जना घाइते 

तानसेन–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, सिद्धबाबा मन्दिर नजिकैबाट झुम्साबाट बुटवल जाँदै गरेको प्रदेश ३–०१–४५२२ नम्बरको हाइलक्स जिप तिनाउ खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा तिनाउ गाउँपालिका–३, झुम्साका दया पाण्डेय, विनोद बस्याल, बालकृष्ण बस्याल, शिव पाण्डेय, कृष्ण बस्याल, नन्दु बस्याल घाइते भएका प्रहरीले जनाएको छ ।

स्थानीय विष्णुप्रसाद पाण्डेयका अनुसार झुम्साबाट बुटवल जाँदै गर्दा जिप सिद्धबाबा मन्दिर नजिकको धर्मशाला छेउबाट तिनाउ खोलामा खसेको हो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको दोभान प्रहरी चौकीले जनाएको छ । जिप राजमार्गबाट झण्डै २ सय मिटर तल खोलामा खसेको छ ।

प्रहरीले उद्दार गरी सबैलाई प्रादेशिक अस्पताल बुटवलमा पठाएको छ । ६ मध्ये दुई जनाको अवस्था जटिल रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : असार २, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?