माधव अर्याल

माधव अर्यालका लेखहरु :

पाल्पाका सबै स्थानीय तहले ल्याए बजेट 

पाल्पाका १० वटै स्थानीय तहले शुक्रबार बजेट सार्वजनिक गरेका छन् । कतिपयले नीति तथा कार्यक्रम र त्यसपछि बजेट सार्वजनिक गरे । केही स्थानीय तहले भने यसअघि नै नीति तथा कार्यक्रम ल्याएका थिए । अघिल्ला दुई वर्ष कोरोना कहरका कारण नियन्त्रण र रोकथाममा बजेट बढी खर्चिएका थिए । तर यसपटक भने अधिकांशले भौतिक पूर्वाधार र कृषिलाई नै जोड दिएका छन् ।

पाल्पाको माथागढी गाउँपालिकामा एमालेका चिदीमगर र लुङ्चे निर्वाचित

माथागढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यमबहादुर चिदी मगर र उपाध्यक्षमा विष्णुमाया लुङ्चे निर्वाचित भएका छन् । दुवै जना पूर्वस्वास्थ्यकर्मी  हुन् । अध्यक्षमा निर्वाचित मगरले ६ हजार १ सय ९ मत पाए भने नेपाली कांग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५ सय ५४ मत ल्याए । 

पाल्पाका संचारकर्मीलाई तटस्थ हुन आग्रह

३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित बनाउन सञ्चारकर्मी तटस्थ हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले बताएका छन् ।

आर्थिक अभावले पढाइ छाड्दै विद्यार्थी

निस्दी गाउँपालिका–७, रोल्लावासकी यममाया कुँवर मगरले कक्षा ८ सम्म गाउँकै विद्यालयमा पढिन् । माध्यमिक विद्यालय पढ्न छिमेकी जिल्ला नवलपरासीको बेनीमणिपुरस्थित दीपेन्द्र मावि जानुपर्छ । जिल्लाकै ज्यामिरेस्थित जनप्रिय मावि आउजाउ गर्न हरेक दिन ८ घण्टा हिँड्नुपर्छ ।

अवैध बन्दुक छ्यापछ्याप्ती

स्याल धपाउन पड्काएको भरुवा बन्दुकबाट गत शनिबार ३५ वर्षीय धनबहादुर लम्तरीले ज्यान गुमाए । रिब्दीकोट–६ ठिमुरेको तल्लोतालमा ५६ वर्षीय बाबु कर्णबहादुर लम्तरीले पड्काएको बन्दुकको छर्रा लागेर उनको मृत्यु भएको हो । घरदेखि सय मिटरनजिकै मकैबारीमा आएको स्याललाई हानेको गोली छोरालाई लागेको कर्णबहादुरले प्रहरीसमक्ष बयान दिएका छन् । 

जग्गा छनोट नगर्दा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या 

स्थानीय तहहरूले जग्गा छनोट नगर्दा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या भएको छ । यसअघिझैं शुक्रबार बेलुकी कोरोना संक्रमण भएकी ३० वर्षीया महिलाको शव व्यवस्थापनमा पनि समस्या आएको हो । 

पाल्पा र गुल्मीमा कोरोनाविरुद्धको तयारी फितलो

कोरोना संक्रमण रोकथामका लागि पाल्पा र गुल्मीमा तयारी फितलो छ । परीक्षण किट पर्याप्त छैनन् । आइसोलेसन बेड थोरै मात्र छन् । स्वास्थ्य सामग्रीकै अभाव छ । गम्भीर प्रकृतिका संक्रमितलाई राख्न भेन्टिलेटर व्यवस्था गरिएको छैन ।

मेडिकलबाट लागुऔषध विक्री

लकडाउनको मौका छोपी मेडिकलबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तानसेन नगरपालिका–७ बर्तुङस्थित सरस्वती मेडिकल हलकी सञ्चालक सरस्वती खनाल, छोराहरू प्रकाश र विवेक कार्कीलाई पक्राउ गरिएको हो ।

लकडाउनमा ‘कृषि एम्बुलेन्स’ मार्फत तरकारी बिक्री

कोरोना भाइरस (कोभिड- १९)को संक्रमण फैलिन नदिन लागु गरिएको लकडाउनका क्रममा किसानले उत्पादन गरेको तरकारी खेर नजाओस् र उपभोक्तालाई अभाव नहोस् भनेर तानसेन नगरपालिका अन्तर्गत गठित तानसेन युवा परिषद्ले आइतबारदेखि ‘कृषि एम्बुलेन्स सेवा’ सुरु गरेको छ ।