पहिरोले आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक अवरुद्ध 

४९ किलोमिटर लामो यो सडकको आर्यभन्ज्याङ नजिकै माथागढी गाउँपालिका–१, बुढीकोट क्षेत्रमा पहिरो खसेको छ ।

श्रावण २०, २०८२

माधव अर्याल

Aryabhanjyang-Jabgadi-Rampur road blocked by landslides

पाल्पा — वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङदेखि ताहुँ हुँदै रामपुर जाने सडक मंगलबार बिहानदेखि अवरुद्ध भएको छ । 

४९ किलोमिटर लामो यो सडकको आर्यभन्ज्याङ नजिकै माथागढी गाउँपालिका–१, बुढीकोट क्षेत्रमा पहिरो खसेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । सडक चौडा गरेका र स्तरोन्नतिका लागि डोजर लगाएका स्थानमा पहिरो खसेको हो । पहिरोले सवारीसाधन अवरुद्ध भएको प्रहरी चोकी ताहुँ पाल्पाले जनाएको छ । 

पूर्वका माथागढी, पूर्वखोला, रम्भा, निस्दी गाउँपालिकाका साथै रामपुर नगरपालिका केही भागमा जाने सवारीसाधन यही सडक भएर गुड्छन् । सडक अवरुद्ध भएपछि साना तथा ठूला सवारीसाधन चल्न सकेको छैन ।

चिदीपानी, हुमीन, ताँहु, बीरकोट, पूर्वखोला, जल्पा, ज्यामिरे, अर्चले, सिलुवा, जब्गादी लगायत दर्जनौं स्थानमा जाने सवारीसाधन यही सडक भएर चल्छन् । हुमीनका विभिन्न स्थानका साथै बीरकोट, खल्लुकभन्ज्याङ, सेफत, जब्गादी, सिलुवा, वेलडाँडा लगायतका स्थानमा सडक बिग्रेको छ ।

माधव

Link copied successfully