पाल्पामा पछिल्लो तीन वर्षमा बढ्यो सवारी दुर्घटना

श्रावण ३, २०८२

माधव अर्याल

Traffic accidents have increased in Palpa in the last three years

What you should know

पाल्पा — जिल्ला ट्राफिक कार्यालय पाल्पामा पछिल्लो तीन वर्षमा दुर्घटना संख्या बढेको छ ।

तीन वर्षअघि ४७, आर्थिक वर्ष २०८०/८१ मा ४३ र २०८१/८२ मा १ सय ५० दुर्घटना भएका छन् । यसबाट तीन वर्षअघि ५५, आर्थिक वर्ष २०८०/८१ मा ४४ र २०८१/८२ मा २७ जनाको दुर्घटनामा मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्षमा १५० दुर्घटना हुँदा गम्भीर घाइते २८ र सामान्य घाइते १ सय ३४ जना भएका छन् । 

ट्राफिक प्रहरीले तीन वर्षअघि १ करोड ३३ लाख ७३ हजार राजस्व संकलन गरेको छ भने आर्थिक वर्ष २०८०/८१ मा १ करोड १२ लाख ६१ हजार ५ सय संकलन गरेको छ ।

सवारी नियम उल्लंघन गर्नेहरुलाई कारबाही गर्दा २०८१/८२ मा ७१ लाख ५८ हजार राजस्व संकलन भएको छ । यस आर्थिक वर्षमा सबैभन्दा धेरै असार महिनामा ८ सय ३१ चालकलाई कारबाही गर्दा ९ लाख ७३ हजार राजस्व संकलन गरेको कार्यालयका प्रमुख प्रवीण आचार्यले बताए ।

उनका अनुसार ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवन गरी सवारी चलाउने, भाडा बढी असुली गर्ने, निजी गाडी प्रयोग गरी यात्री बोक्ने लगायतका गतिविधि गरेकाबाट राजस्व संकलन भएको हो ।

सडकमा बढ्दो लापरबाही र ट्राफिक नियमको अवज्ञाका कारण समस्या जटिल बन्दै गएकाले ट्राफिक सचेतनाका कार्यक्रमलाई तीव्रता दिइएको आचार्यले बताए ।

माधव अर्याल

Link copied successfully