पाल्पा — तिनाउ खोलामा डुबेर एक भारतीय किशोर बिहीबार बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका–३, ड्यामसाइडमा पौडी खेल्न गएका भारतको महाराजगन्ज जिल्लाअन्तर्गत नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
स्थानीय बासिन्दाका अनुसार आफ्ना दाजुभाइ र साथीसहित पाँच जना बुटवल घुम्न आएका थिए । बेपत्ताका आफन्त, प्रहरी र स्थानीयले खोजी गरिरहेको प्रहरीले जनाएको छ । खोलामा पानी धमिलो भएकाले खोजतलासमा कठिनाइ भइरहेको छ ।
