कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अगैया पुलबाट ट्याक्टर खस्दा २ को मृत्यु

रूपा गहतराज

नेपालगन्ज — सोमबार बाँकेको अगैयास्थित सिक्टा सिचाइंको मुख्य बाँधबाट ट्याक्टर नदीमा खसेर बेपत्ता भएका थप एकको शव भेटिएको छ ।

राप्तीसोनारी गाउँपालिकास्थित सिक्टा सिचाइं आयोजनाको ब्यारेजबाट नदीमा ट्याक्टर खस्दा बेपत्ता भएका राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका ट्याक्टर चालक सुनिल चौधरीको शव भेटिएको हो ।

राप्ती नदीमा हराइरहेका ना ७ त ५१८ नम्बरको ट्याक्टरका चालक चौधरीलाई मंगलबार मृत अवस्थामा फेला पारिएको अस्थायी प्रहरी चौकी अगैयाका प्रहरी सहायक निरक्षक राजेन्द्र बस्नेतले बताए ।

अनियन्त्रित ट्याक्टरसहित तीन जना नदीमा खसेका थिए । दुर्घटना लगत्तै बेपत्ता एकजनाको जिवितै उद्धार गरिएको थियो भने सोमबार बेलुका एक जनाको शव भेटिएको थियो ।

कुसुमस्थित सशस्त्र प्रहरीको गोताखोरले राप्तीसोनारी गाउँपालिका –३ भगवतीपुरका २६ वर्षीय चुर्णबहादुर थारुको सोमबार बेलुका नै शव फेला परेको थियो ।

प्रकाशित : असार २, २०७७ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?