कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

रोल्पाका थप १४ र बाँकेका १३ जनामा कोरोना संक्रमण

काशीराम डाँगी

रोल्पा — रोल्पामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै रोल्पामा संक्रमितको संख्या १८ पुगेको छ । भारतबाट आएकाको स्वाब परीक्षण गर्दा रोल्पाका थप १४ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

रोल्पाका थप १४ र बाँकेका १३ जनामा कोरोना संक्रमण

बिहीबार सूचना सार्वजनिक गर्दै अस्पतालले संक्रमितमध्ये ७ वर्षका बालकदेखि ४४ वर्षका व्यक्तिमा कोरोना संक्रमण देखिएको जनाएको छ ।

नमुना परीक्षणपछि पूर्वी रोल्पाकै सुनिल स्मृति गाउँपालिका वडा नं ४, ७ र ८ का १४ जनामा संक्रमण देखिएको हो ।

उनीहरुसहित भारतबाट आएकालाई विभिन वडाहरुमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । भारतबाट आएकालाई गाउँपालिका र जिल्ला स्वास्थ्यको पहलमा पीसीआर परीक्षण थालिएको हो । संक्रमितहरुलाई राखिएका क्वारेन्टाइनमा एकैसाथ सयाै‌ जना राखिएकाले अन्यमा पनि संक्रमण हुन सक्ने स्वास्थ्यकर्मीले आशंका गरेका छन् ।।

यसअघि पनि सुनिलस्मृति गाउँपालिकाकै वडा नम्बर ५, ६ र ८ का ४ जनाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । रोल्पामा पछिल्लो पटक भारतबाट आएका करिब २ हजार छन् ।

त्यस्तै भेरी अस्पतालमा बिहीबार नै गरिएको परीक्षणमा बाँकेका १३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका संक्रमण पुष्टि भएकाहरुमा कोहलपुर, राप्तीसोनारी, खजुरा र बैजनाथका रहेका छन् । योसँगै बाँकेमा संक्रमितको संख्या २९६ पुगेको छ ।

प्रकाशित : जेष्ठ २९, २०७७ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?