कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेको आइसोलेसनबाट भागेका संक्रमित अझै भेटिएनन्

रूपा गहतराज

नेपालगन्ज — बाँकेको जानकी गाउँपालिका–२ जोगागाउँस्थित श्री माध्यमिक विद्यालयको  आइसोलेसनबाट भागेका एक कोरोना संक्रमित अझै फेला परेका छैनन् । नेपालगन्ज–१२ कोरियनपुर निवासी ३५ वर्षका ती व्यक्ति सोमबार राति भागेका हुन् ।

बाँकेको आइसोलेसनबाट भागेका संक्रमित अझै भेटिएनन्

राति १ बजे शौचालय जान भनी निस्किएका उनी त्यहीँबाट भागेका थिए । ‘राति १२ बजेसम्म बाहिरै चउरमा बसेका थियौं,’ आइसोलेसनमै रहेका उनका साथीले भने, ‘शौचालय जान्छु भन्दै हिँडेका थिए ।’

बाँके प्रहरी प्रमुख वीरबहादुर ओलीले ती व्यक्तिको खोजी भइरहेको बताए । ‘भारतमा रहेको भन्ने जानकारी आएको छ, भारतीय प्रहरीको समन्वयमा खोजी गरिरहेका छौं,’ उनले भने, ‘नेपाल प्रहरीको टिमसमेत परिचालन गरेका छौं ।’

स्कुलमा बनाइएका प्रायः आइसोलेसन सेन्टरमा पर्याप्त सुरक्षा नहुँदा त्यहाँ रहेकाहरू सजिलै भाग्ने गरेका छन् ।

प्रकाशित : जेष्ठ २८, २०७७ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?