१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

कपिलवस्तुमा संक्रिमतको संख्या ५ सय नाघ्यो

मनोज पौडेल

कपिलवस्तु — जिल्लामा कोरोना भाइरस संक्रिमतको संख्या ५ सय नाघेको छ । शनिबार ४ स्थानीय तहमा ७ महिलासहित ४८ जनामा संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रिमतको संख्या ५ सय २३ पुगेको हो ।

कपिलवस्तुमा संक्रिमतको संख्या ५ सय नाघ्यो

शनिबार महाराजगन्जमा ३७,विजयनगर गाउँपालिकामा ५, बुद्धभूमि नगरपालिकामा ४ जना र यशोधरा गाउँपालिकामा २ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्लामा सबैभन्दा बढी यशोधरा गाँउपालिकामा संक्रमित छन् । त्यहाँ संक्रमितको संख्या एक सय ३८ पुगेको छ । त्यस्तै,महाराजगन्ज नगरपालिकामा १ सय २, मायादेवी गाउँपालिकामा ५३, कृष्णनगर नगरपालिकामा ५२ र शिवराजमा ४८ जना संक्रमित छन् ।

त्यसैरगरी शुद्धोदन गाउँपालिकामा ३०,बुद्धभूमि र कपिलवस्तु नगरपालिकामा २९/२९,वाँणगंगा नगरपालिकामा २२ र विजयनगर गाँउपालिकामा २१ जना संक्रमित छन् ।

संक्रमणको संख्या दिनानुदिन बढ्दै गएकापछि जिल्लामा आइसोलेसन सेन्टर थप्‍ने काम अगाडी बढाइएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । ५ सय बेडको आइसोलेसन सेन्टर रहेको जिल्लामा बढाएर हजार बेड बनाउने तयारी थालेको उनले बताए ।

कपिलवस्तुमा हालसम्म ५ हजार ९ सय ९४ जनाको स्वाब संकलन गरिएको छ । एक हजार एक सय ६ को रिपोर्ट आउन बाँकी छ । जिल्लामा अझै ३ हजार १ सय १५ जना क्‍वारेन्टाइनमा रहेका छन् । संक्रमित मध्ये ३२ जना निको भई घर फर्केका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?