कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ मा ४ हजार स्वाब नमुना परीक्षणको पर्खाइमा

अमृता अनमोल

बुटवल — कोरोना संक्रमण तीव्र गतिमा बढे पनि प्रदेश ५ मा स्वास्थ्य जाच र स्वाब परीक्षणको रफ्तार बढ्न सकेको छैन । प्रयोगशालाको क्षमता बढाउन नसक्दा १० दिनअघि संकलित स्वाब नै परीक्षण हुन सकेको छैन ।

प्रदेश ५ मा ४ हजार स्वाब नमुना परीक्षणको पर्खाइमा

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा शनिबार बिहानसम्म ४ हजार २७ स्वाब प्रयोगशालामा परीक्षणको पर्खाइमा छन् । जसमध्ये सबैभन्दा धेरै दाङको राप्ती विज्ञान प्रतिष्ठानमा १ हजार ५ सय ६५, रूपन्देहीको प्रादेशिक प्रयोगशालामा १ हजार ६४ र बाँकेको भेरी अस्पतालमा ५ सय २ वटा स्वाब नमुना छन् । प्रदेशका प्रयोगशालाले नधानेपछि काठमाडौं र हेटौंडामा समेत पठाइएको छ । राष्ट्रिय प्रयोगशाला काठमाडौंमा ९ सय ७४ र हेटौंडामा १ सय २ नमुना पठाइएको सामाजिक विकास मन्त्रालयका सामाजिक शाखा प्रमुख उमाशंकर चौधरीले बताए ।

स्वाब परीक्षणको दायरा बढाउन भैरहवामा रहेका दुवै मेसिन चौबीसै घण्टा सञ्चालनमा ल्याउने प्रदेश सरकारले निर्णय गरेको छ । तर, कर्मचारी र उपकरण व्यवस्थापनका काममा ढिलाइ भएको छ । हाल प्रदेशभित्रका ३ वटा प्रयोगशालाले दैनिक एक सयका दरले जम्मा ३ सय नमुना मात्र परीक्षण गरिरहेका छन् । सामाजिक विकासमन्त्री सुदर्शन बरालले २–४ दिनबाटै प्रयोगशालाको क्षमता बढ्ने बताए । त्यसका लागि आन्तरिक तयारी भइरहेको उनको भनाइ छ ।

प्रदेश ५ मा शनिबार बिहानसम्म ९ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ । यीमध्ये ४ जनाको मृत्यु भएको छ । ९२ जना निको भएर घर गएका छन् । ८ सय ६९ जना संक्रमित उपचारमा छन् ।

प्रकाशित : जेष्ठ २४, २०७७ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?