कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेबाट शुक्रबार १३ संक्रमित डिस्चार्ज 

मधु शाही

बाँके — बाँकेबाट शुक्रबार कोरोना जितेर १३ जना घर फर्किएका छन् । नरैनापुर गाउँपालिकाका १२ र खजुरास्थित क्यान्सर अस्पतालमा रहेका नेपालगन्जका एक व्यक्ति डिस्चार्ज भएका हुन् । नरैनापुरका १२ जना नेपालगन्जस्थित लायन्स डेन्टल अस्पतालमा थिए । 

पछिल्लो समय बाँकेमा कोरोना संक्रमित निको हुँदै घर फर्किने क्रम बढ्दो छ । जनस्वास्थ्यका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार अहिलेसम्म ४२ जनाले कोरोना जितेर गएको बताए ।

जिल्लामा अहिलेसम्म २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । एक जनाको मृत्यु भएको र ३ सय २८ जनाको नमुना जाँच्ने प्रक्रियामा रहेको श्रेष्ठले बताए ।


प्रकाशित : जेष्ठ २३, २०७७ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?