कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

बाँकेको एकै गाउँपालिकामा ४० संक्रमित

रुपा गहतराज

काठमाडौँ — बाँकेको एउटै गाउँपालिका जानकीमा बिहीबार ४० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १५ देखि ३२ बर्षका पुरुष छन् । बिहीबार नै नेपालगञ्ज उपमहानगरपालीका १२ र १५ नं वडाका दुइजनामा पनि संक्रमण देखिएको छ । उनीहरु ३५ र २० बर्षका पुरुष हुन् ।

बाँकेको एकै गाउँपालिकामा ४० संक्रमित

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार संक्रमित सबै क्वारेन्टाइनमा छन् । बाँकेमा बिहीबारसम्म संक्रमितको संख्या दुई सय ५५ पुगेको छ । विगतमा जानकी गाउँपालिकामा क्वारेन्टाइनमा बसेकाको परीक्षण नगरीकनै १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो ।

बाँकेका आठ मध्ये सात स्थानीय तहमा संक्रमण देखिइसकेको छ । कोहलपुरमा मात्रै हालसम्म कोरोना संक्रमण देखिएको छैन ।


प्रकाशित : जेष्ठ २२, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?