कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुमा थप ३९ जनामा कोरोना, संक्रमितको संख्या ३ सय नाघ्यो

मनोज पौडेल

कपिलवस्तु — जिल्लामा सोमबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय नाघेको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ९ पुगेको छ ।

कपिलवस्तुमा थप ३९ जनामा कोरोना, संक्रमितको संख्या ३ सय नाघ्यो

सोमबार शिवराज नगरपालिकामा २५ जना थपिएका छन् । योसँगै शिवराज नगरपालिकामा संक्रमितको संख्या ३२ पुगेको छ ।

त्यस्तै बुद्धभूमि नगरपालिकामा १० जना संक्रमित थपिएका छन् । बुद्धभूमि नगरपालिकामा संक्रमितको संख्या ४९ पुगेको छ ।

त्यसैगरी वाणगंगा नगरपालिकामा पनि दुई जना महिलामा संक्रमण देखिको छ । वडा नम्बर ११ का ३१ र ३८ वर्षीया महिला संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए । वाणगंगामा संक्रमितको संख्या १४ पुगेको छ । कपिलवस्तुमा अहिलेसम्म २३ जना निको भएका छन् ।

प्रकाशित : जेष्ठ १९, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?