कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा थप दुईजना कोरोना संक्रमित

दुर्गालाल केसी

दाङ — दाङमा बिहीबार थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहीबार गरिएको पीसीआर परीक्षणमा दाङका दुई र कपिलवस्तुका ९ जना कोरोना संक्रमित भेटिएका हुन् ।

दाङमा थप दुईजना कोरोना संक्रमित

दाङका गढवा गाउँपालिका १ का २८ वर्षीय पुरूष र गढवा २ का ४१ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले बताइन् । उनीहरू भारतबाट आएर स्थानीय क्‍वारेन्टाइनमा बसेका थिए । योसहित दाङ जिल्लाका २३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये तुलसीपुरका एक जना निको भएर घर फर्किसकेका छन् ।

यसैगरी कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका ३ का २३ र ३०, वडा नं. ५ का २६ र वडा नं. ७ का १७, ३७, ३९, ४०, ४३ र ५२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबारसम्म २ हजार १ सय ४६ नमुना परीक्षण गरिएकोमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देवले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७७ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?