दुर्गालाल केसी

दुर्गालाल केसीका लेखहरु :

मलका लागि भौंतारिँदै किसान

मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । रोपाइँ सुरु गर्ने बेलामा रासायनिक मलका लागि भौंतारिन बाध्य छन् । बजारमा कृषि औजार, इन्धन तथा बीउबिजन नपाइएका बेला डीएपी र युरिया मल अभावले उनीहरूलाई थप चिन्तित तुल्याएको छ ।

कोरोना निको भएर दाङबाट ७ जना डिस्चार्ज

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट बुधबार थप ७ जना डिस्चार्ज भएका छन् । कोरोना निको भएर घर फर्कनेमा घोराही उपमहानगरपालिकाका ३ र लमही नगरपालिकाका ४ जना रहेका अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।

दाङमा थप दुईजना कोरोना संक्रमित

दाङमा बिहीबार थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहीबार गरिएको पीसीआर परीक्षणमा दाङका दुई र कपिलवस्तुका ९ जना कोरोना संक्रमित भेटिएका हुन् ।

राहतमा १३२ बोरा कुहिएको चामल

लकडाउनका समयमा विपन्न परिवारलाई वितरण गर्न थालिएको चामल गुणस्तरहीन भेटिएको छ । खान नमिल्ने चामल भेटिएपछि मंगलबार विक्रेताको गोदाम सिल गरिएको छ ।

वनमा पैदावार तस्करी गर्ने १० पक्राउ

लकडाउनको मौका छोपी जिल्लाका विभिन्न वन क्षेत्रमा चोरी तस्करी बढ्न थालेको छ । मानिसहरूको चहलपहल कम भएको मौका छोपी तस्करी गर्ने १० जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । उनीहरूलाई कार्यालयको सशस्त्र वन सुरक्षा शाखाको थुनामा राखिएको छ ।

आइसोलेसनको बसाइ जेलजस्तो

लकडाउनकै क्रममा घोराही–४ तारकेनीका एक २२ वर्षीय युवक भारतबाट घर फर्किए । नेपाल–भारत सीमा क्षेत्रको गौरीफन्टा नाकाबाट स्वदेश छिर्न नपाएपछि उनीलगायत धेरै जना अलपत्र परे । सबैले रोइकराइ गरे, नाराबाजी गरे । अन्त्यमा लामो प्रयासपछि मात्र उनी घर फर्किन पाए । उनीसँगै आएका कैलालीका एक युवालाई कोरोना संक्रमणको पुष्टि भएपछि उनको खोजी भयो । उनीलगायत सँगै आएका तारकेनी गाउँकै पाँच युवाहरू एकसाथ बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा राखिए ।

पूर्वाधार उपयोगको चिन्ता

आठौं राष्ट्रिय खेलकुदका महत्त्वपूर्ण खेलहरू दाङमा हुने भएपछि हतारहतार संरचना बने । महिला फुटबल र एथलेटिक्स खेलका लागि बेलझुन्डी रंगशाला रातारात निर्माण भयो । निर्माण पूरा नहुँदै खेलकुद प्रतियोगिता सकियो । अहिले पनि रंगशालाको निर्माण जारी छ ।

गोली प्रहार गरी लुटपाट

तुलसीपुरमा गोली प्रहार गरी बिहीबार अपरान्ह लुटपाट भएको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर अमिलिया सडक खण्डको तुलसीपुर उपमहानगरपालिका १३ भञ्ज्याङमा गाडी रोकेर लुटपाट भएको प्रहरीले जनाएको छ ।