दाङ — दाङमा खोलामा डुबेर आमाछोरीको मृत्यु भएको छ। लमही नगरपालिका-१ वसन्तपुर निवासी ३९ वर्षीया किमा सार्की र उनकी १७ वर्षीया छोरी होलिकाको डुबेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो स्थानीय चिसो खोलाको बगरे दहमा माछा मार्ने क्रममा उनीहरू डुबेका थिए । श्रीमान् भरत सार्की, श्रीमती र छोरी माछा मार्न सँगै गएका थिए । सुरुमा श्रीमती दहमा डुबेकी थिइन् । पछि उनलाई निकाल्न छोरी पनि गएको र उनी त्यहीँ डुबेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयले बताए ।
