कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलालाई घरनिकाला गर्ने सात जना पक्राउ

दुर्गालाल केसी

दाङ — महिलालाई माेसाे दलेर घरनिकाला गरेकाे आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगर–४ की महिलाको जाहेरीका आधारमा उनकै परिवारका सदस्य पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा मनिराम पुन, हिकलाल पुन, हरि पुन, छविलाल पुन, केमी पुन, अम्मी पुन र शिवलाल पुन छन् । उनीहरू सबै पीडितकै घरपरिवार सदस्य रहेको र उनीहरूविरुद्ध बुधबार नै मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिए ।

पीडित ४१ वर्षीया महिलाका पति रोजगारीका सिलसिलामा विदेशमा छन् । उनी घरमै छोराछोरी पालेर बस्दै आएकी छन् । परिवारका सदस्यहरूले परपुरुषसँग सम्बन्ध राखेको आरोप लगाएर आफूलाई दुर्व्यवहार गरेको उनले प्रहरीलाई बताएकी छन् । उनका अनुसार जेठ ७ गते घरनिकाला गरी ताला लगाइदिएका थिए । केही दिन माइतीमा बसेर सोमबार घर फर्किएकी थिइन् । घरमा पस्न खोज्दा मोसो दलेर जुत्ताको माला लगाई कपडा च्यातिदिएको उनले बताइन् । पीडितले मंगलबार जाहेरी दिएको र त्यसैका आधारमा बुधबार नियन्त्रणमा लिइएको डीएसपी खड्काले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?