कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषि फर्ममा आगलागी

कमल पन्थी

बर्दिया — गेरुवा गाउँपालिका—३ शान्तिबजारमा सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी हुँदा १ सय २८ बाख्रा मरेका छन् ।

कृषि फर्ममा आगलागी

न्यू कालिका कृषि उपज फर्ममा संकलन गरि राखिएका बाख्रा आगलगाीका कारण जलेर मरेको सञ्चालक विजय चलाउनेले बताए ।

आगलागीबाट करिब ८० लाख मूल्य बराबरको क्षति भएको सञ्‍चालक चलाउने बताए । आगलागीबाट बाख्रासिहत फर्मभित्र रहेको दाना,खोर र औषधि समेत जलेका छन् ।

करिब तीन घन्टाको प्रयासमा प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएका थिए । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब ६० किमी पश्चिम उत्तरमा पर्दछ ।

प्रकाशित : जेष्ठ १२, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?