कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकैदिन बाँकेको नरैनापुरमा २७ संक्रमित थपिए, एउटै पालिकामा ११३ मा कोरोना

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिकामा शनिबार २७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुष्टि भएको छ ।

एकैदिन बाँकेको नरैनापुरमा २७ संक्रमित थपिए, एउटै पालिकामा ११३ मा कोरोना

दाङस्थित राप्ती विज्ञान प्रतिष्ठान अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एउटै पालिकामा एकैदिन २७ जनामा संक्रमण देखिएको हो । योसँगै नरैनापुर गाउँपालिकामा मात्रै संक्रमितको संख्या १ सय १३ पुगेको छ । नरैनापुरस्थित मदरसाका ६, नरैनापुर ३ राष्ट्रिय प्रावि गेगलीमा क्‍वारेन्टाइनमा बसेका १५ र नरैनापुर १ राष्ट्रिय प्रावि महतेनीयाको क्‍वारेन्टाइनमा रहेका ६ जनामा शनिबार संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । व्यवस्थित क्‍वारेन्टाइन नहुँदा संक्रमण बढेको चिकित्सकहरुले जनाएका छन् ।

शुक्रबार संक्रमित १३ जना भागेपछि सुरक्षाकर्मीहरुले खोजी गरी नेपालगन्ज ल्याउने तयारी गरिरहेका छन् । संक्रमितहरुलाई नेपालगन्ज ल्याउने क्रममा स्थानीयले विरोध जनाउँदै आएका छन् । उनीहरुले नरैनापुरमै आइसोलेसन वार्ड बनाउन माग गर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७७ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?