कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकैदिन ४७ संक्रमित भेटिएको नरैनापुर गाउँपालिका सिल 

रुपा गहतराज

बाँके — सोमबार ४७ जना कोरोना संक्रमित भेटिएको बाँकेको नरैनापुर गाउँपालिका सिल गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले राप्तीपुलदेखि नै नरैनापुर गाउँपालिका पूर्णरुपमा सिल गरिएको बताए । ‘गाउँपालिकालाई उच्च जोखिम क्षेत्र घोषणा गरिएको छ ’प्रमुख जिल्ला अधिकारी खड्काले भने,‘सम्पूर्ण वडाहरुमा पूर्णरुपमा आवागमनमा रोक लगाइएको छ । 

नरैनापुरमा सोमबार भेटिएका नयाँ संक्रमितको उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन अस्पतालको रुपमा तोकिएको जानकारी दिँदै सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नेपालगन्जमा रहेका निजी अस्पतालले बेडको सहयोग गरिरहेको बताए ।

बाँकेमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गइसकेको छ । कुल संक्रमितको संख्या ८१ पुगेको छ । नरैनापुरमा मात्र ५५ पुगिसकेको छ । सोमबार भेरी अस्पतालको प्रयोगशालामा परीक्षणमा ४६ पुरुष र एक महिलामा संक्रमण देखिएको हो । ४३ जना नरैनापुर–५ का हुन् । नरैनापुर ५ वडाध्यक्ष कृष्णचन्द्र मौर्यका अनुसार वडा नं. २ मा २, वडा नं. १ र ६ का १/१ जना छन्

नरैनापुरमा क्‍वारेन्टाइनमा बसेका २६३ जनाको स्वाब संकलन गरिएकोमा १९२ को परीक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकीको भेरीमा परीक्षण हुँदैछ ।

नरैनापुरमा रहेका सामुदायिक विद्यालय र मदरसामा गरी ७ सय बढीलाई क्‍वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?