कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडी खेल्दा दुई बालक बेपत्ता

माधब अर्याल

पाल्पा — रामपुर नगरपालिका–१० मलौटेस्थित कालीगण्डकी नदीमा आइतबार दुई बालक बेपत्ता भएका छन् । पौडी खेल्न गएका उनीहरू रामपुर–१० का १० वर्षीय सुनिल भट्टराई र समीर चापागाइँ रहेको वडाध्यक्ष लीलाबहादुर गाहाले बताए ।

हुँगी प्रहरीचौकीबाट गएका प्रहरी र स्थानीय बासिन्दाले नदी आसपासका क्षेत्रमा खोजी जारी राखेको छ । नदीमा पानीको सतह बढेकाले खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?