कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीका कोरोना संक्रमित युवा डिस्चार्ज

अमृता अनमोल

बुटवल — बुटवलको कोरोना विशेष अस्पतालमा रहेका कोरोना संक्रमित युवा डिस्चार्ज भएका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिका-१ का २५ वर्षे युवामा १३ दिनअघि काठमाडौंको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । 

रुपन्देहीका कोरोना संक्रमित युवा डिस्चार्ज

अस्पतालले पुनर्परीक्षणका लागि उनको स्वाब प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो । प्रयोगशालाले नेगेटिभ नतिजा देखाएपछि उनलाई मंगलबार डिस्चार्ज गरिएको अस्पतालका मेसु राजेन्द्र खनालले बताए । उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन ।

उनी अब एक साता होम क्वारेन्टाइनमा बस्नुपर्नेछ । त्यसपछि पुन: स्वाब परीक्षणपछि नेगेटिभ देखिएमात्र सर्वसाधारणसँग घुलमिल गर्न पाउने मेसु खनालले बताए ।

प्रकाशित : वैशाख ३०, २०७७ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?