कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन उल्लंघन गर्ने २१ व्यवसायी पक्राउ

दुर्गालाल केसी

दाङ — लकडाउनमा अत्यावश्यकबाहेकका पसल खोलेको भन्दै प्रहरीले मंगलबार तुलसीपुरमा २१ व्यापारीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कस्मेटिक पसल, कपडा पसल, जुत्ता पसल, इलेक्ट्रोनिक्स, हार्डवेयर, एक खानेपानी फिटिङ, वर्कसप, छापाखाना र फर्निचर पसल सञ्चालक छन् ।

यसअघि तुलसीपुरका व्यवसायीले प्रहरीले अनावश्यक दमन गरेको भन्दै विरोधमा आफ्ना सेवा बन्द गरेका थिए । पछि प्रहरी र प्रशासनसँगको छलफलपछि सेवा सुचारु भएको थियो ।


प्रकाशित : वैशाख ३०, २०७७ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?