कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेपाली भूमि अतिक्रमणविरुद्ध बुटवलमा प्रदर्शन 

सन्जु पौडेल

तिलोत्तमा — मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा बुटवलमा विरोध प्रदर्शन गरेको छ । समाजले बुटवलको अस्पताल लाइनमा सोमबार दिउँसो सवा २ देखि पौने ३ बजेसम्म सामाजिक दूरी कायम गरी प्ले कार्डसहित प्रदर्शन गरेको हो ।

नेपाली भूमि अतिक्रमणविरुद्ध बुटवलमा प्रदर्शन 

विरोध कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले लिपुलेक सडक निर्माण तत्काल रोक्नुपर्ने र लिपुलेकसहित नेपालको नक्सा सार्वजनिक गर्न नेपाल सरकारले ठोस पहल गर्नुपर्ने बताए । कुनै पनि देशको राष्ट्रियता,अखण्डता, एकता र सद्भावमा अर्को देशले खलल पुर्‍याउने गतिविधि अन्तर्राष्ट्रिय कानुनको विरुद्धमा हुने उनले बताए ।

विरोधमा सहभागीले लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेकसहित नेपालको नक्सा सार्वजनिक गर, नेपाली भूमि संरक्षण गर, सीमा अतिक्रमण अपराध हो, सार्वभौमिकता संरक्षण गर, भारतीय सेना कालापानीबाट फिर्ता गरजस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित : वैशाख २९, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पछिल्लो समय ठुल्ठूला सवारी दुर्घटना बढेका छन् । यसको मुख्य कारण के होला ?

x
×