कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेका चार स्थानमा स्वाब संकलन

ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्जमा फैलिएको कोरोना भाइरसको संक्रमण अन्य क्षेत्रमा फैलिएको हुनसक्ने भन्दै बिहीबार बाँकेका चार स्थानका धार्मिक स्थलका धर्मगुरुहरुको स्वाब संकलन गर्न सुरु गरिएको छ ।

बाँकेका चार स्थानमा स्वाब संकलन

खजुरा गाउँपालिकाको वडा नम्बर ५ उढरापुर, वडा नम्बर ७ सोनपुर, वडा नम्बर ८ रानीयापुर र वडा नम्बर ४ का १७ जनाको स्वाब संकलन गरिरहेको जनस्वास्थ्य अधिकृत पूर्णबहादुर खडकाले जानकारी दिए ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बीपी चोक नजिकको गुरुद्वारा र ईदगाहमा बस्ने धर्मगुरुहरुको पनि स्वाब संकलन सुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।

यसअघि बुधबार १ सय ८३ जनाको ट्रेसिङ गरिएकोमा १ सय ३६ जनाको स्वाब संकलन गरिएको थियो । त्यसको रिपोर्ट बिहीबार आउने जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यसअघि ५४ स्वाब संकलन गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसभन्दा अघि ९० जनाको स्वाब परीक्षण गरिएकामा २२ जनामा कोरोना पुष्टि भएको थियो । नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

प्रकाशित : वैशाख २५, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?