कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा प्रहरी जवानको मृत्यु 

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा शनिबार बिहान मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्‍यु भएको छ ।

हुम्ला स्थायी घर भएका २६ वर्षीय प्रहरी जवान सुभाष सार्की सवार भे ३ प ३९ नम्बरको मोटरसाइकल शनिबार बिहान राझा चोकमा रहेको ट्राफिक स्ट्याण्डमा ठोक्किदा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्‍यु भएको डीएसपी सिहंले बताए ।

दशगजास्थित क्‍वारेन्टाइन्मा खटिदै आएका सार्की ड्युटी सकेर शनिबार बिहान कोठातिर जाँदै थिए ।

प्रकाशित : वैशाख १३, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?