कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आरडीटीमा पोजिटिभ देखिएका वृद्धको पीसीआरमा कोरोना संक्रमण देखिएन

घनश्याम गौतम

रूपन्देही — बर्दघाट नगरपालिका–४ का ७८ वर्षीय वृद्धलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट दुई पटकसम्म गरिएको परीक्षणमा पोजिटिभ देखिएकोमा आरटी पीसीआर परीक्षणमा नेगेटिभ आएको छ । 

आरडीटीमा पोजिटिभ देखिएका वृद्धको पीसीआरमा कोरोना संक्रमण देखिएन

मंगलबार उनको चिसापानी सामुदायिक अस्पतालमा कोरोना भाइरस एन्टिबडी परिक्षण गरिएको थियो । उनी दमका रोगीसमेत भएकाले स्वासप्रश्वासमा समस्या देखिएपछि गरिएको परीक्षणमा पोजेटिभ देखिएको थियो । तर, भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आरटी पीसीआर मेसिनबाट गरिएको परीक्षणमा नेगेटिभ देखिएको प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘अहिलेसम्म आरडीटी किटको परीक्षणमा पहिलो पोजिटिभ देखिएको थियो,’ उनले भने, ‘आरडीटीमा दुई पटक पोजिटिभ देखिएको भए पनि पीसीआरमा नेगेटिभ देखिएको छ ।’

आरडीटीमा पोजिटिभ देखिएपछि वृद्धलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । रिपोर्ट नेगेटिभ आएकाले अब आवश्यक प्रक्रिया पूरा गरेर डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए । वृद्धका परिवार सबैको आरडीटी परीक्षण गरे पनि अन्यको भने मंगलबार नै नेगेटिभ रिपोर्ट आएको थियो ।

प्रकाशित : वैशाख १०, २०७७ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?