कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हतियार र मोटरसाइकलसहित चार सिकारी पक्राउ

दुर्गालाल केसी

दाङ — डिभिजन वन कार्यालय दाङको गस्ती टोलीले पश्चिम दाङबाट ४ जना सिकारीलाई हतियारसहित पक्राउ गरेको छ ।

हतियार र मोटरसाइकलसहित चार सिकारी पक्राउ

मंगलबार दिउँसो साढे ३ बजेतिर शान्तिनगर गाउँपालिका ५ स्थित हात्तीखाल सामुदायिक वन क्षेत्रबाट ४ जना सिकारी, उनीहरुले प्रयोग गरेको ४ वटा मोटरसाइकल र १ थान भरुवा बन्दुकसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन् ।

वन्यजन्तु सिकारी गर्नका लागि १५ जनाको टोली वन क्षेत्रमा प्रवेश गरेको सूचना पाएपछि डिभिजन वन कार्यालय दाङबाट गएको टोलीले वनमा खोजी गर्दै जाँदा वन्यजन्तु मार्नका लागि तयारी अवस्थामा बसेका चार जनालाई पक्राउ गरेको डिभिजनल अधिकृत ज्ञवालीले जानकारी दिए । डिभिजन वन कार्यालयबाट २२ जनाको टोली गस्तीमा गएको थियो । वन क्षेत्रका ५ स्थानमा लुकेर जनावर मार्ने घाट बनाएको सूचनाका आधारमा वन क्षेत्रमा खोजतलास गरिए पनि थप सिकारी पक्राउ नपरेको ज्ञवालीले बताए ।

सहायक वन अधिकृत सिद्धान्त बरालको नेतृत्वमा गएको टोलीले सिकारीलाई पक्राउ गरेको र अरु सिकारीसमेत वन क्षेत्रमा भएको सूचना पाएपछि डिभिजन वन कार्यालयले प्रहरीको सहयोग मागेको थियो । प्रहरी निरीक्षकको नेतृत्वमा ८ जना प्रहरी र वनकर्मीहरुले वन क्षेत्रमा खोजतलास गरेका थिए ।


प्रकाशित : वैशाख ९, २०७७ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?