कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली पत्रकार पक्राउ

दुर्गालाल केसी

दाङ — लकडाउनका समयमा पत्रकार भन्दै मोटरसाइकल चलाएर हिँड्ने एक युवालाई प्रहरीले बुधबार तुलसीपुरमा पक्राउ गरेको छ ।

नक्कली पत्रकार पक्राउ

तुलसीपुर उपमहानगरपालिका १७ का २८ वर्षीय मेघराज सुनारलाई पत्रकार भन्दै बा ८७ प १००६ नम्बरको मोटरसाइकल चलाइरहेको बेला प्रहरीले तुलसीपुर ६ हात्तिखौवाबाट नियन्त्रणमा लिएको हो ।


बाटोमा प्रहरीले रोकेपछि उनले पत्रकार भन्दै परिचयपत्र देखाएको र त्यसबारे बुझ्दा उनी पत्रकार नभएको फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।


सुनारलाई आवश्यक अनुसन्धान गरी कारबाही गरिने उनले बताए ।

प्रकाशित : चैत्र २६, २०७६ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?