कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाइको हत्या अभियोगमा पक्राउ

दुर्गालाल केसी

दाङ — दाइको हत्या गरी फरार भएको अभियोगमा राजपुर गाउँपालिका–१ रसरीखोलाका २४ वर्षीय जसराम कामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

दाइको हत्या अभियोगमा पक्राउ

घरायसी विवादमा चैत १९ गते आफ्नै सहोदर दाइ ३२ वर्षीय प्रेमबहादुर कामीलाई दाउराले हानेर घाइते बनाएको र उनको उपचारका क्रममा २० गते लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


घटनापछि फरार रहेका जसरामलाई मंगलबार रसरी खोला छेउको खेतमा मसुरोको भुसमा लुकेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।

प्रकाशित : चैत्र २५, २०७६ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?