कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँ भरिदै, जोखिम बढ्दै

ठाकुरसिंह थारु

बर्दिया — कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिदै गएपछि भारतबाट घर फर्किएका ५० बढी युवाहरुलाई बारबर्दिया नगरपालिकाले उद्धार गरी घर पठाएको छ । विभिन्न नाकाबाट आएका उनीहरुलाई सोमबार ट्रकमा राखेर गाउँ ल्याइएको हो । 

गाउँ भरिदै, जोखिम बढ्दै

नेपालका विभिन्न सहरमा मजदुरी गर्दै आएका दुई दर्जन युवाहरु मंगलबार बिहान सिमलघारी नाका हुँदै बढैयाताल गाउँपालिका प्रवेश गरेका छन् । पोखरा, काठमाडौंलगायतका सहरमा मजदुरी गर्ने उनीहरु कोरोनाको प्रकोपपछि घर फर्किएका हुन् ।


उनीहरुलाई सार्वजनिक बसमा राखेर पठाइएको हो । कोरानाको महामारीपछि सीमा बन्द गरिएको छ । तर भारतबाट अझै पनि नेपालीहरु फर्किरहेका छन् ।


उनीहरु सीमामा अलपत्र पर्न थालेपछि उद्धार गरी घर पठाउने गरिएको हो । भारतमा कोरोनाको महामारी फैलिदै गएपछि सयौं युवाहरु घर फर्किएका छन् । युवाहरु घर फर्किएसंगै कोरोनाको जोखिम बढ्दै गएको छ ।

प्रकाशित : चैत्र १८, २०७६ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?