कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरक्षा अपनाएर एम्बुलेन्स चलाउन आग्रह

माधव अर्याल

पाल्पा —  जिल्ला समन्वय समितिमा आइतबार बसेको प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी बैठकले सुरक्षा अपनाएर एम्बुलेन्स नियमित सञ्चालन गर्न आग्रह गरेको छ । 

सर्वपक्षीय, सर्वदलीय बैठकले एम्बुलेन्स चालकलाई सुरक्षित भएर काम गर्न आग्रह गरेको जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख मीरा मरासिनीले बताइन् । व्यक्तिगत सुरक्षा व्यवस्था भएमात्र एम्बुलेन्स चलाउने उनीहरुले घोषणा गरेका थिए । बैठकले सबै स्थानीय तहले एम्बुलेन्स र चालकलाई सुरक्षित रुपमा तयारी अवस्थामा सहनसमेत निर्देशन दिएको जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताए ।


एम्बुलेन्स चालकले आफूहरुलाई सुरक्षाको प्रत्याभूति नभएसम्म नचलाउने घोषणा गरेका थिए । उनीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नभएकाले एम्बुलेन्स चलाउन खतरा भएको बताएर एम्बुलेन्स नचलाउने बताएका हुन् । कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो लक्षण भएमा उनीहरुले बिरामी बोक्न मानेका छैनन् । तर प्रशासन र अत्यावश्यक साधन भएकाले अहिलेसम्म काम गरेको बताए ।


नेपाल परिवार नियोजन संघका एम्बुलेन्स चालक नारायण जीसीले जस्तासुकै बिरामी बोक्दा आफैलाई संक्रमण हुने डर भएकाले नै चालकबीच पहिला सुरक्षा अनि बल्ल काम गर्ने भन्ने सल्लाह भएको बताए । एम्बुलेन्स चालकले ज्वरो र रुघाखोकीका बिरामीलाई सेवा दिन नसकिने बताउँदै आएका थिए ।

प्रकाशित : चैत्र १६, २०७६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?