कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमा लकडाउनको रमाइलो [तस्बिरहरु]

ठाकुरसिंह थारु

बर्दिया — कोरोना भाइरसको महामारीको प्रकोप नियन्त्रण गर्न सरकारले गरेको लकडाउन गाउँका सर्वसाधारणहरुले कार्यान्वयन गरेका छन् । लकडाउनका बेला कोही घरमै बसेका छन् भने कोही खेतिपातीको काममा व्यस्त छन् ।

गाउँमा लकडाउनको रमाइलो [तस्बिरहरु]

सामाजिक दूरी कायम गरेर घाँस काट्ने, बाख्रा चराएको दृश्य कम्ति रमाइलो छैन । बालबालिकाहरु घरमै खेलेर रमाइलो गरिरहेका छन् ।


खेतिबारी काम गर्न जानबाहेक सडकमा कमै निस्केका छैनन् । सडक सुनसान देखिन्छ ।


स्थानीयहरु गोरुगाडामा अत्यावश्यक समान ढुवानी गर्छन् । गाउँका बारीमा तरकारी मस्तै छ ।


खाद्यान्नको कुनै संकट छैन । नुन चट्नी खानु परेको छैन । अभावसँग जुध्नु पर्ने अवस्था छैन ।

प्रकाशित : चैत्र १६, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?