लागूऔषधसहित एक पक्राउ 

कान्तिपु संवाददाता

परासी — पश्चिम नवलरासीमा प्रहरीले लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बुधबार बेलुका सरावल गाउँपालिका–४ ललितपुरस्थित भित्री सडकमा चेक गर्ने क्रममा बर्दघाट नगरपालिका १३ का ५९ वर्षीय सुरेन्द्र चमारलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका डीएसपी वीरेन्द्र थापाका अनुसार युपी १६ एच ७५७१ नम्बरको भारतीय मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको ५ सय ७६ थान स्पास्मो, ६ सय थान नाईट्रोभेट र १ सय बोतल ओनरेक्स बरामद गरिएको हो ।


लक डाउनको समयमा ग्रामीण भेगमा सुरक्षा चेक नहुनेभ भन्दै लागूऔषध ओसार्ने गरिएको पाइएको प्रहरीले बतायो ।


पक्राउ परेका चमारलाई लागूऔषध ओसारपसार सम्बन्धि कसुरमा मुद्दा चलाइने छ ।


प्रकाशित : चैत्र १३, २०७६ १२:३४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलबाट ६ जनाको स्वाब परीक्षणका लागि पठाइयो

सन्जु पौडेल

(तिलोत्तमा) — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा राखिएका शंकास्पद ६ बिरामीको स्वाब परीक्षणका लागि बिहीबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

लकडाउनले स्वाब पठाउन समस्या भएपनि डब्लूएचओसँगको सहकार्यमा गाडीबाट स्वाब पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाले बताए।

उक्त अस्पतालमा अर्घाखाँचीका २, दाङका १ र रुपन्देहीका ३ गरी छ जनालाई धागो कारखानामा रहेको अस्थायी आईसोलोसन अस्पतालमा राखिएको उनले जनाए।

साथै डा. थापाले अहिलेसम्म पनि स्वास्थ्यकर्मीले पर्याप्त आवश्यक सामाग्री नपाउँदा स्वास्थ्य जोखिम बढेको बताए।

‘जिम्मेवारी एकातिर, डर एकातिर, अप्ठ्यारोमा छौं,’ उनले भने, ‘थोरै मात्रामा पीपीई आउँदा एकैपटकको प्रयोगमा सकिएको छ।’ स्वास्थ्यकर्मीलाई यो अवस्थाले त्रसित बनाएको उनले बताए।

प्रकाशित : चैत्र १३, २०७६ १२:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×