कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'लकडाउन' अवज्ञा गर्ने २ सय सवारी साधन कारबाहीमा

घनश्याम गौतम

(रुपन्देही) — प्रहरीले प्रदेश ५ को अस्थायी राजधानी बुटवलबाट २ सय बढी सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ ।

'लकडाउन' अवज्ञा गर्ने २ सय सवारी साधन कारबाहीमा

सरकारले जारी गरेको लकडाउन अवज्ञा गर्दै सडकमा चलेका सवारी सधान मंगलबार बिहानैदेखि नियन्त्रणमा लिएर राखेको हो । तीमध्ये २ जनाले मापसे गरी सवारी चलाएको फेला परेका छन् । उनीहरुलाई बुटवलका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए ।


नियन्त्रण लिएका सवारी साधन र व्यक्तिलाई ट्राफिक प्रहरी कार्यालय प्रदेश ५, ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, रामनगर लगायतका स्थानमा राखिएको छ । भट्टराईले सडकमा अनावश्यक रुपमा गुडिरहेका मोटरसाइकल, स्कुटी र कारलाई नियन्त्रणमा राखिएको जनाए ।


पहिलो पटक भएकाले कागज बनाएर साँझमात्र छोडिने प्रदेश ५ ट्राफिक प्रहरी प्रमुख मधुसुदन लुइँटेलले बताए । प्रहरीले मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा होहल्ला गर्दै हिँडेका बुटवलकै हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई पनि नियन्त्रणमा राखेको छ ।

प्रकाशित : चैत्र ११, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?