कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनले बर्दिया सुनसान

कमल पन्थी

बर्दिया\ — सरकारले मंगलबादेखि मुलुकभर लकडाउन गरेपछि बर्दियाका सडक पनि सुनसान देखिएका छन् ।

लकडाउनले बर्दिया सुनसान

बिहानैदेखि गुलरिया लगायत जिल्लाका ८ वटै पालिकाका सर्वसाधरणमा घरमै बसेका छन् । फाटफुट रुपमा हिँडेकालाई प्रहरीले सम्झाइबुझाइ घर पठाउन थालेको छ ।


अटेर गरी सञ्चालन गरेका दर्जनौ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । सहर,बजार र गाउँ गाउँमा प्रहरीले माइकिङ गर्दे घर भित्र बस्न आग्रह गरेको छ । एम्बुलेन्स र अत्यावश्यकका सवारी साधन भने चलेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

प्रकाशित : चैत्र ११, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?