कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाको सदरमुकाम र ग्रामीण बजार सुनसान 

माधव अर्याल

पाल्पा — सरकारले कोभिड–१९ (कोरोना भाइरस)को जोखिम रोकथामका लागि देशभर सजगता अपनाउन गरेको लकडाउनसँगै पाल्पाको तानसेन लगायत ग्रामीण बजारहरु सुनसान बनेका छन् । 

पाल्पाको सदरमुकाम र ग्रामीण बजार सुनसान 

आज बिहानैदेखि तानसेन, रामपुर लगायत ग्रामीण बजारका सम्पूर्ण पसल, व्यवसाय बन्द भएसँगै सडकमा हिँड्ने पैदलयात्रु पनि निस्किएका छैनन् । सवारी साधन चलाउन पूर्ण रुपले निषेध गरिएको छ । फाट्टफुट्ट निस्किएकाहरुलाई चोकचोकमा प्रहरी बसेर सम्झाई बुझाई पठाउने गरेको प्रहरी उपरीक्षक दीपेन्द्र जीसीले बताए ।


सिद्धार्थ राजमार्ग, बजार क्षेत्रका साथै विभिन्न ग्रामीण भेगमा रहेका प्रहरी चौकीले माइकिङ गर्ने, घरभित्र बस्न सम्झाउने गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।


जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरबाट अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधनको सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय भएको प्रजिअ सुवेदीले बताए ।

प्रकाशित : चैत्र ११, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?