कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबारे जनचेतना फैलाउन शिक्षक परिचालन

कमल पन्थी

(बर्दिया) — बढैयाताल गाउॅपालिकाले स्वयंसेवकका रुपमा कोरोना भाइरस (कोभिड—१९) विरुद्ध जनचेतना फैलाउन शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । शनिबार अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले शिक्षकलाई कोरोना भाइरसबारे जनचेतना जगाउन घरदैलो कार्यक्रम गर्ने निर्णय गरिएको हो ।

शिक्षण संस्थान बिदा भएकोले यस कार्यमा शिक्षकले महत्वपूर्ण योगदान पुर्‍याउने भएकोले आइतबारदेखि परिचालन गरिन लागेको बढैयाताल गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जनाए । यसैगरी बैठकले भारतसँग जोडिएको सीमा बन्द गर्न स्थानीय प्रशासनसँग आग्रह गरेको छ । अर्को सूचना जारी नभएसम्म बढैयातालका सबै फ्रेस हाउस बन्द गर्ने, अत्यावश्यक उपभोग्यका सामान कमी हुन नदिन उद्योग वाणिज्यसँग सहकार्य गर्ने र कालोबजारीविरुद्ध कडा कारबाही गर्ने निर्णय बैठकले गरेको छ ।


यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र सोरहवामा छुट्टै आइसोलेड बेड स्थापनासँगै उपयुक्त शिक्षण संस्थानमा क्‍वारेन्टाइन राखिने भएको छ ।

प्रकाशित : चैत्र ८, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?