असिनाले चुट्दा बालककाे मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँचीकाे शीतगंगा नगरपालिका-१२ ठाडा रजिया रातामाटाका १० वर्षीय बालक विकास नेपालीको असिनाले चुटेर मृत्यु भएकाे छ । 

शनिबार दिउँसो घरबाट हिँडेका नेपालीडोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका थिए। बाक्लो असिनाले चुटेर बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।


यसैबीच भूमिकास्थान नगरपालिका-९ ढिकुरामा खोलाले बगाएर चरेपानीका ३८ वर्षीय सालिकबहादुर वलालको मृत्यु भएको उनले बताए। गाउँमा रहेको चरेपानीकाे पातले खोलाले बगाएर वलालको मृत्यु भएको हाे। भीषण पानीसँगै परेकाे असिना र हिउँका कारण खाेलामा बाढी आएकाे थियाे। असिनाले लाखाैंकाे अन्नबाली समेत नष्ट गरेकाे छ। प्रकाशित : चैत्र २, २०७६ १५:२९

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

असिना थुप्रिएपछि सडक अवरुद्ध

वीरेन्द्र केसी

अर्घाखाँची — असिना थुप्रिएपछि सन्धिखर्क–गोरुसिंगे सड्क अवरुद्ध भएको छ । आइतबार बिहान सन्धिखर्कबाट बुटवल र काठमाडौ छुटेका गाडी नरपानी दहखोलामै रोकिएका छन् ।

शनिबार राति परेको असिना पानीको सन्धिखर्कको फुदवाङमा सडक माथिबाट आएको पहिरो बिहानै हटाएर बाटो खुल्ला गरे पनि रातामाटा र नरपानी क्षेत्रमा असिना थुप्रिएकाले गाडी चल्न नसकेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।
असिनाका कारण नरपानीदेखि ठाडासम्म बाटो अवरुद्ध छ । घाम लागेर पग्लेपछि मात्रै गाडी चल्न सक्‍ने उनले बताए ।

'लामो दूरीसम्म असिना भएकाले हटाउन संभव छैन,' उनले भने । असिनाले जिल्लाका धेरै ठाउँका तरकारी फार्म, अन्नबाली नोक्सान गरेको छ ।




प्रकाशित : चैत्र २, २०७६ ०९:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×