१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

२ थान भरुवा बन्दुकसहित एकजना पक्राउ

कमल पन्थी

बर्दिया — दुई थान भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई बिहीबार पक्राउ गरेको छ । सदरमुकाम गुलरिया नगरपालिका—९ टपरी गाउँस्थित माछा पोखरीको किनारमा रहेको ५७ वर्षीय दिपबहादुर खड्काको सानो झुपडी घरमा भरुवा बन्दुक २ थान पक्राउ गरेको छ ।

२ थान भरुवा बन्दुकसहित एकजना पक्राउ

प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले गोप्य सूचनाका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानको खान तलासी गर्दा भरुवा बन्दुक दुई थानसहित त्यसमा लाग्ने गोली १९, बारुदको डब्बा २ थान, फलामको बेरिङसहितको डब्बा २ थान फेला पारेको बताए । प्रहरीले घटनास्थलबाट खड्कालाई पक्राउ गरी हातहतियार तथा खरखजना मुद्दा दायर गरेको जनाएको छ ।

प्रकाशित : फाल्गुन २२, २०७६ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?