कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राज्यलाई कमजोर पार्ने चिन्तनमा बौद्धिक वर्ग नै अग्रसर छन् : मुख्यमन्त्री पोखरेल

सन्जु पौडेल

तिलोत्तमा — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राज्य र नागरिकबीच अलगअलग सोच्ने परिपाटीको अन्त्य हुन नसकेको बताएका छन् । त्यसले सकारात्मक सोच र विकासमा प्रभावित गरेको उनको मन्त्री पोखरेलले बताए । 

राज्यलाई कमजोर पार्ने चिन्तनमा बौद्धिक वर्ग नै अग्रसर छन् : मुख्यमन्त्री पोखरेल

‘मेरो राज्य हो भन्ने नागरिकले नठानेसम्म राज्यका हरेक काममा कमजोरी देखिन्छ,’ उनले भने, ‘अहिले राज्यलाई कमजोर पार्ने चिन्तनमा बौद्धिक वर्ग नै अग्रसर छन् ।’ जनताले मत दिएर आएको सरकारको सकारात्मक चर्चा गर्न बौद्धिक वर्ग लाग्न नसकेको उनको गुनासो थियो । सामान्य विषयमा सल्लाह दिन अग्रसर हुने जोकोहीले पनि सरकारका योजना र विकासका लागि छुट्टाएको बजेटका विषयमा बहस नगर्ने उनले बताए ।


बुटवलमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आमसञ्चार माध्यम निष्कर्ष दिन हतारिने गरेको बताए । पत्रकार सूचना संकलन गर्न अल्छि गर्ने र आफ्नै दृष्टिकोण लाद्ने प्रवृत्तिमा रहेको पोखरेलले सुनाए । ‘दृष्टिकोण बनाउन चाहिने खजाना उपलब्ध गराउने कर्तव्य सञ्चारमाध्यमको हो,’ उनले भने, ‘तर, अहिले पत्रकारले सूचना संकलन गर्ने परिपाटी अन्त्य भएकाले त्यो सामाजिक सञ्जालबाटै पूर्ति हुने गरेको छ ।’ सूचनाको पूर्ण तथ्य संकलन गरेर पाठकसमक्ष पुर्‍याउने काम सञ्चारमाध्यमको भएपनि अल्पसूचनाका आधारमा प्रेषण हुने समाचारले नै सञ्चारमाध्यमको शाख गिराएको उनले बताए ।


आमसञ्चारमाध्यमले २ महिनाअघिको निष्कर्षमा पुगिसकेको विषयलाई २ महिनापछि खण्डन गरेर सम्पादकीय लेख्ने गरेको भन्दै त्यो पनि सञ्चारक्षेत्रको कमजोरी रहेको बताए । कार्यक्रममा पोखरेलले प्रदेश ५ सरकार समृद्धिको दिशामा अघि बढेको दाबी गरे ।

प्रकाशित : फाल्गुन १५, २०७६ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?