कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नापी सर्वेक्षक खत्री ३५ हजार घूससहित पक्राउ 

रूपा गहतराज

नेपालगन्ज — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्जबाट ३५ हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा बुधबार नापी सर्वेक्षक  यामबहादुर खत्रीलाई नियन्त्रणमा लिएको छ । 

नापी सर्वेक्षक खत्री ३५ हजार घूससहित पक्राउ 

आयोगको सम्पर्क कार्यालय नेपालगन्जको टोलीले सर्वेक्षक खत्रीसँगै रहेका लेखापढी ब्यवसायी प्रताप केसीलाई ३५ हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ गरेको कार्यालय प्रमुख गणेश गैह्रेले जानकारी दिए ।


जग्गाको हालसाविक कायम गर्दिन्छु भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा खत्रीलाई पक्राउ गरिएको गैह्रेले बताए । खत्रीले लेखापढी व्यवसायी केसीमार्फत सेवाग्राहीसँग घूस रकम बुझेको अख्तियारले जनाएको छ ।

प्रकाशित : माघ २२, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?