महिलामा प्रदेश ५ बाट घिमिरे निर्वाचित

रासस

दाङ — राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेकपाकी विमला घिमिरे निर्वाचित भएकी छन् । 

घिमिरेले ५ हजार ७२८ मत ल्याएर विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गिरिजादेवी न्यौपानेले २ हजार १ सय मत ल्याएकी थिइन् । महिलाका ५ मत बदर भएका छन् । अपांगता र खुलाको मतगणना घोराही जिल्ला समन्वय समितिको कार्यालयमा जारी छ ।

प्रकाशित : माघ ९, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?