चन्द समूहका नेता पक्राउ

दुर्गालाल केसी

काठमाडौँ — प्रहरीले नेत्रविक्रम चन्द समूहका एक नेतालाई बिहीबार बेलुका पक्राउ गरेको छ ।

ZenTravel

शान्तिनगर गाउँपालिका–३ भलानेटीका ३५ वर्षीय दलित मुक्ति मोर्चाका जिल्ला सचिव रेशम विकलाई लुकीछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए। विकबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित : माघ ९, २०७६ १८:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा नेकपाकी दाहाल विजयी

कान्तिपुर संवाददाता

धनुषा — प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन् ।

बिहीबार भएको राष्ट्रियसभा सदस्यका लागि भएको मतदानको मतपरिणामअनुसार नेकपा उम्मेदवार दाहाल निर्वाचित भएकी हुन्।

नेकपा र राजपाकी संयुक्त उम्मेदवार दाहालले महिला सदस्यका लागि भएको निर्वाचनमा कांग्रेसकी नगिना यादवलाई पराजित गरेकी हुन्।

निर्वाचन कार्यालयका अनुसार दाहालले ५ हजार २०८ मत प्राप्त गरिन् भने यादवले हजार ७४० मत प्राप्त गरेकी थिइन्।

यादव कांग्रेस र समाजवादी पार्टीकी उम्मेदवार हुन्।

प्रकाशित : माघ ९, २०७६ १८:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×